काठमाडौैं। विराट लक्ष्मी विकास बैंकले नाफा सामान्यस्तरमा मात्र सुधार गर्न सकेको छ । आर्थिक वर्ष २०७२–७३ मा बैंकको खुद नाफा १० करोड ११ लाख ७५ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको नाफा नौ करोड ४७ लाख १८ हजार रूपैयाँ थियो ।
चुक्ता पुँजी ४२ करोड ५३ लाख ५८ हजार रूपैयाँ रहेको बैंकको रिजर्भ कोषमा १७ करोड ९८ लाख ३० हजार रूपैयाँ जम्मा भएको छ ।
विराट लक्ष्मीले पाँच अर्ब सात करोड ८५ लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब तीन करोड ७७ लाख १२ हजार रूपैयाँ कर्जा लगानी गरेको छ ।
निष्कृय कर्जा ०.४२ प्रतिशत रहेको यो बैंकको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ७८ पैसा पुगेको छ । असार मसान्तसम्म कायम सेयरको औसत भाउका आधारमा मूल्य आम्दानी अनुपात १६.८२ गुणा छ भने प्रतिसेयर नेटवर्थ एक सय ४२ रूपैयाँ १४ पैसा पुगेको छ ।
Comment