सेयर बजारको ओरालो यात्रामा, कारोबार रकममा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

शेयर बजार

सेयर बजारको ओरालो यात्रामा, कारोबार रकममा पहिरो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको छ।


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेकाे छ । नेप्से २.०४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा पुगेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे एक कराेड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार पनि सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ९७ रूपैयाँ ४० पैसा पुगेकाे छ । बुधबार लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

यस्तै, बुधबार पनि सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे अग्र स्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ४० कराेड ५७ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

प्रकाशित : २३ भदौ २०७८, बुधबार १५:३६ 8 September, 2021 3:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।