नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेकाे छ । नेप्से २.०४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा पुगेकाे छ ।
कूल २२५ वटा कम्पनीकाे एक कराेड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, बुधबार पनि सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ९७ रूपैयाँ ४० पैसा पुगेकाे छ । बुधबार लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
यस्तै, बुधबार पनि सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे अग्र स्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ४० कराेड ५७ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।





Comment