लगानी बोर्डको योजना : पाँच वर्षमा १० अर्ब डलर विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Flash News

लगानी बोर्डको योजना : पाँच वर्षमा १० अर्ब डलर विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य



काठमाडौँ । पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य सहित तयार भएको लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक गरिएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाद्वारा लगानी बोर्डको दशौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा पाँच वर्षे व्यावसायिक योजना (२०७८-८२) सहितको उक्त रणनीतिक योजना सार्वजनिक भएको हो ।

रणनीतिक योजनाले पाँच वर्षमा १० अर्व अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्व अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग पुर्याउने प्रभावकारी लगानी प्रवर्द्धनद्वारा लगानीको वातावरण सुधार गर्न योगदान पुर्याउने तथा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने पाँचवटा मूल लक्ष्य लिएको जनाएकाे छ ।

उक्त रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको जनाएके छ ।

२०६८ सालमा स्थापना भएको लगानी बोर्डले ‘लगानी बोर्डको १० वर्ष: आर्थिक समृद्धिका लागि साझेदारीको मूल नाराका साथ दशौं वर्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा लगानी बोर्डको कार्यालयले तयार गरेको नेपाल इन्भेष्टमेन्ट गाइड २०२१ तथा कफी टेबल बुक’ समेत सार्वजनिक गरियो । उक्त अवसरमा लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध व्यक्ति तथा संस्थालाई सम्मान गरिएकाे छ ।

समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले सन् २०३० सम्ममा नेपाल उच्च मध्यम आय भएको मुलुकको रुपमा स्तरोन्नति है दिगो विकास लक्ष्यहरू हासिल गर्ने योजना सहित अगाडि बढेकोले यसका लागि पूर्वाधारमा उल्लेख्य लगानी आवश्यक रहेको बताए ।

‘दिगाे विकासका लक्ष्यहरू हासिल गर्नका लागि कुल वार्षिक बापत रू. ५. सर्व ५८ अर्व अपुग हुने देखिन्न,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोनाको महामारीको कारण विभिन्न देशहरू आफैं लगानी भित्र्याउने प्रयास गरिरहेको अवस्थामा हामीले नमानी नाकर्षित गर्ने काम सजिलो छैन, तैपनि हामी निकै आशावादी छाैँ ।’

देउवाले निजी लगानी प्रोत्साहनका लागि विभिन्न कानूनी प्रबन्ध गरी लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कोभिड महामारी भन्दा अघि लगातार तीन वर्षसम्म नेपालले ६ प्रतिशतभन्दा बढीको औषत अर्विक वृद्धि हासिल गरेको सन्दर्भमा भिद महामारी पछि पनि यस्तै उल्लेखनीय वृद्धि हासिल गर्न सकिने विस्वास व्यक्त गरे ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार १४:५७