नेप्सेमा उछाल, १६१ अंकले बढ्यो बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेमा उछाल, १६१ अंकले बढ्यो बजार



काठमाडाै । सोमवार सेयर बजार परिसूचक (नेप्से)ले वृद्धिकाे नयाँ रेकर्ड बनाएकाे छ । यस दिन परिसूचक १६१. ९४ अंकले बढेको छ । यो हालसम्मकै उच्च वृद्धि हाे ।

आइतबार १०८.२६ अंक (३.७ प्रतिशत)ले बजार घटेर २८१८.७२ बिन्दुमा पुगेकाे थियो ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ५.७४ प्रतिशतले बढेर २९८०.७८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ३१.४१ अंकले बढेर ५५३ .४० बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेका छन् ।

त्यस्तै, २ सय २४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँको खरिद बिक्री भएको छ ।

यसदिन ५० कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी मध्ये ४२ कम्पनीकाे सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेकाे छ भने बाँकी कम्पनीकाे मूल्य झण्डै १० प्रतिशतले बढेकाे छ ।

आइतबार १०८ अंकले घटेकाे बजार साेमबार चामत्कारी रूपमा बढेकाे छ ।

प्रकाशित : 6 September, 2021 4:39 pm