काठमाडाै । सोमवार सेयर बजार परिसूचक (नेप्से)ले वृद्धिकाे नयाँ रेकर्ड बनाएकाे छ । यस दिन परिसूचक १६१. ९४ अंकले बढेको छ । यो हालसम्मकै उच्च वृद्धि हाे ।
आइतबार १०८.२६ अंक (३.७ प्रतिशत)ले बजार घटेर २८१८.७२ बिन्दुमा पुगेकाे थियो ।
यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ५.७४ प्रतिशतले बढेर २९८०.७८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ३१.४१ अंकले बढेर ५५३ .४० बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेका छन् ।
त्यस्तै, २ सय २४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँको खरिद बिक्री भएको छ ।
यसदिन ५० कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी मध्ये ४२ कम्पनीकाे सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेकाे छ भने बाँकी कम्पनीकाे मूल्य झण्डै १० प्रतिशतले बढेकाे छ ।
आइतबार १०८ अंकले घटेकाे बजार साेमबार चामत्कारी रूपमा बढेकाे छ ।





Comment