काठमाडाैं । पोखरा रोयल बचल तथा ऋण सहकारी संस्था र ग्यालेक्सी हस्पिटल पोखरा बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात पोखरा रोयलका सदस्यलाई ग्यालेक्सी हस्पिटल पोखरामा उपचार खर्चमा विशेष छुट हुने छ।
पोखरा रोयल बचल तथा ऋण सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात पोखरा रोयलका सदस्य, सदस्यका परिवार, संस्थामा कार्यरत कर्मचारी र कर्मचारीका परिवारले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउँदा हस्पिटलबाट फार्मेसीमा ७.५ प्रतिशत र अन्य सम्पूर्ण सेवामा १२ प्रतिशत छुट प्राप्त गर्ने पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले जानकारी दिए ।
२४ सै घण्टा बिशेषज्ञ सेवा दिईरहेको ग्यालेक्सी हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषी ढकालले बताए ।
Comment