काठमाडाैं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सम्मानित भएका छन् । सहकारी अभियानको प्रवद्र्धनमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै उप्रेतीलाई सम्मान गरिएको हो ।
उप्रेतीलाई मेची बहुउद्देश्यीय सहकारी संस्था झापाले स्थापना गरेको स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट संस्थाको २७ औं वार्षिक साधारणसभाका अवसरमा सम्मानित गरिएको हो ।
संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक समेत रहेका स्वर्गीय गणेश प्रसाद बस्नेतको स्मृतिमा पुरसकार स्थापना गरिएको हो । नगद २६ हजार सहित उप्रेतीलाई प्रदान गरिएको हो । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले शनिवार २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सहकारी बैंक तथा जिल्ला सहकारी संघ काठमाडौ, राष्ट्रिय सहकारी महासंघ लगायतका स्वदेशका संघ संस्थामा नेतृत्व गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेडाकको उपाध्यक्षको जिम्मेवारीमा रहेर समेत सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेकोले उप्रेतीलाई स्वर्गीय गणेश प्रसाद बस्नेत सहकारी अभियन्ता सम्मान प्रदान गरिएको अध्यक्ष नारायणप्रसाद भट्टराइले बताए ।
Comment