काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघको कारोबार सुरु, पहिलो दिन १ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघको कारोबार सुरु, पहिलो दिन १ करोडको कारोबार



काठमाडौँ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघको कारोबार सुरु गरेको छ । संघको कारोबारको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरे ।


संघको कारोबार सुरु भएको पहिलो दिन १ करोडको कारोबार भएको छ । सदस्यहरुले १ वर्षे आवधिक बचत खाता सञ्चालन गरेका छन् । ५ वटा सहकारीले सदस्यताका लागि आवेदन दिएका छन् ।

काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष मनोज थापा मगरले बचत तथा ऋण सँगै बजारीकरण, प्याकेजिङ र ब्रान्डिङका काम पनि गर्ने तयारी भएको बताए ।

परियोजना सञ्चालन गरी संघ तथा सदस्य सहकारीमार्फत कृषि तथा व्यवसायिक काम गर्ने बताए । न्युरोडमा शुक्रपथ सहकारी रहेको भवनमा रहेको सङ्घको कार्यालयबाट कारोबार शुभारम्भ भएको हो ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार २१:३६