राष्ट्रिय वाणिज्य बैंकद्धारा कमसल र विवादित धितो राखी २ अर्ब ४४ करोड ६६ लाख ऋण प्रवाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकद्धारा कमसल र विवादित धितो राखी २ अर्ब ४४ करोड ६६ लाख ऋण प्रवाह



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कमसल र विवादित धितो राखी ऋण प्रवाह गरेको भटिएको छ ।

बैंकले कमसल धितो राखी विभिन्न १७ वटा संस्थाहरुलाई २ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिएको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनले अैाल्याएको हो ।

सो ऋणको सावाँ तथा ब्याजसहितको ३३ अर्ब ५ करोड १९ लाख रुपैयाँ असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा देखाइएको छ ।

बैंकले कर्जाको तुलनामा धितोको मूल्य कम भएको, सहकारीसँग सम्बन्धित विवाद रहेको र विवाद अदालतमा विचाराधीन रहेको, ऋण असुली न्यायाधीकरणबाट भएको निर्णय कार्यान्वयन नभएको लगायत विवादित र कमसल धितो राखी ऋण प्रवाह गरेको महालेखाले जनाएको छ ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई ४ अर्ब ४५ करोड ६७ लाख तथा सर्वसाधारणलाई १ खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ऋण प्रवाह गरेको छ ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार १९:१२