मर्जरमा जाँदा २१ वटा बैंकले साढे ४ अर्ब कर छले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जरमा जाँदा २१ वटा बैंकले साढे ४ अर्ब कर छले



काठमाडाै । महालेखापरीक्षकको कार्यालयले २१ वटा वाणिज्य बैंकहरुसंग ४ अर्ब बढी रकम असुल गर्नु पर्ने जनाएको छ । महालेखाले बिजनेश कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले लाभ देखाई आयकर तिर्नुपर्नेमा सो नगरेकोले बैंकहरुसंग ४ अर्ब बढी असुल गर्नु पर्ने जनाएको हो ।

वाणिज्य बैंकहरुको लाभ १४ अर्ब ९३ करोड ३ लाख आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ को उपदफा २ बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाखमा शुल्क एवम् ब्याज समेत छानविन गरि कर निर्धारण एवम् असुल गर्नु पर्ने महालेखाले जनाएको छ।

बैंकहरु मर्जरमा जाँदा बैंकहरुले लाभलाई अन्य शिर्षकमा राखेर कर छली गरेको महालेखाले उल्लेख गरेको छ ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार १८:४९