काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ प्रकरणसँग जोडिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृतमाथि अनुसन्धान भइरहेको बताएका छन् ।
उनीहरुमाथि आन्तरिक रुपमा मन्त्रालयले अनुसन्धान गरिरहेको र छिट्टै प्रतिवेदन बाहिर आउने उनले बताएका छन् ।
नियमन निकाले एकाघरका परिवारले सेयर कारोबार गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण गरेको जानकारी गराए । उनले त्यसका लागि अहिले ५ सददस्यी छानविन समिति गठन गरेको र रिपोर्ट आउने क्रममा रहेको बताए ।
मन्त्री शर्माले आएको प्रतिवेदन हेरेर मन्त्रालयले कारवाही गर्ने सार्थै छानबिन गरेर वास्तिविकता बाहिर ल्याउने प्रतिबद्धता जनाए ।
उनले भने ,-‘बिषय उठेपछि संस्थागत पत्राचार भयो । स्पष्टीकरण आएपछि चित्त नबुझेर छानविन समिति गठन गरेको हो । छिटो रिपोर्ट ल्याउछौ । ईन्साईडर ड्रेडिङ एकातिर छ मुल्य अर्का तीर छ ।
उनले विद्युत नियमन आयोगको सुचना हेर्न लगानिकर्तालाई आग्रह समेत गरे । समस्याको समाधान गर्नका लागि छानविन गरेको बताए । उनले भने ,-‘ हतारमा छानविन गर्दा दोषि उम्किन सक्छ । हामि यसमा सचेत छौ ।’समितिको बैठकमा जानकारी दिँदै मन्त्री शर्माले मन्त्रालयले उक्त प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय समिति बनाएर काम गरिहेको र प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए ।
छानबिन प्रतिवेदन सार्वजनिक भएपछि मात्रै यसबारे कसरी अघि बढ्ने भन्ने निर्क्याैल गर्न सकिने उनको भनाइ छ ।यसअघि अर्थसमितिले समेत दुबै निकायसँग स्पष्टिकरण माग गरेको थियो । पछि दुबै संस्थाका विवादित प्रमुखसँग समेत व्यक्तिगत रुपमा स्पष्टिकरण मागिसकिएको समिति बैठकलाई अर्थसमिति मधुकुमार मरासिनीले जानकारी गराए ।
नियामक निकाय सेबोन अध्यक्ष ढुंगानाकी छोरी र नेप्सेका सीईओ साउदकी श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङ भएको पाइएपछि यो विषयमा विवाद उत्पन्न भएको छ ।
Comment