मेगा क्यापिटल मार्फत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को आजदेखि बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा क्यापिटल मार्फत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को आजदेखि बिक्री खुला



काठमाडौं । मेगा क्यापिटलले आज (भदौ ४ गते, शुक्रबार)देखि मेगा म्युचुअल फण्ड-१ को इकाई निष्कासन तथा बिक्री खुल्ला भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेको हो । उक्त फण्ड १० वर्ष अवधि बन्दमुखी योजना हो।

फण्डले कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गतेसम्म र ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार ११:२१