हाथवे इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाथवे इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने



काठमाडाै । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले भदौ २५ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो । साधारणसभामा कम्पनीले कम्पनीको हल कायाम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो ।

कम्पनीले साधारणसभामा ३० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गर्ने छ ।

यी बाहेक सभामा वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको निर्वाचन गर्ने, नियमन निकायबाट प्रबन्धपत्र र नियमावलीमा थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

प्रकाशित : ३ भाद्र २०७८, बिहीबार १०:२४