काठमाडाै । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले भदौ २५ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो । साधारणसभामा कम्पनीले कम्पनीको हल कायाम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो ।
कम्पनीले साधारणसभामा ३० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गर्ने छ ।
यी बाहेक सभामा वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको निर्वाचन गर्ने, नियमन निकायबाट प्रबन्धपत्र र नियमावलीमा थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
Comment