अर्थ समितिलाई ढु‌गानाले भने – छोरीलाई कानुनले स्वतन्त्र दिएको छ ,सेयर किनेको बिषयमा मैले किन जवाफ दिने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अर्थ समितिलाई ढु‌गानाले भने – छोरीलाई कानुनले स्वतन्त्र दिएको छ ,सेयर किनेको बिषयमा मैले किन जवाफ दिने ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन)का अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा आफ्नो भूमिका नहरको दाबी गरेका छन् । संसदको अर्थ समितिले सोधेको स्पष्टीकरणको जवाफमा ढुंगानाले यस्तो बताएका हुन् ।

सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरी प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीकै बीच उक्त कम्पनीको सेयर नियामक निकायका अध्यक्षकै छोरीको नाममा खरिद भएको पाइएपछि यसमा चलखेल भएको भन्दै समितिले ढुंगानासँग स्पष्टिकरण माग गरेको थियो । सेयर बजारका फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकी श्रीमतिको नाममा समेत उक्त कम्पनीको सेयर खरिद भएको पाइएको थियो ।

अर्थसमितिको आइतबार बसेको बैंकमा यस विषयमा स्पष्टिकरण दिन ढुंगानालाई बोलाइएको थियो । तर, ढुंगानाले आफू मुछिएको विषयमा आफु नबोल्ने बताउँदै बोर्डका उपकार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई समितिमा जवाफ दिन पठाएका थिए । अघिकारीले बोर्ड अध्यक्ष ढुंगानाको स्पष्टिकरण पत्र समितिमा पेश गरका थिए । समितिमा पेश गरेको स्पष्टिकरण पत्रमा छोरीले गर्ने कारोबारमा आफ्नो संलग्नता नरहेको र यस्तो कारोबार गर्न छोरीलाई कानुनले स्वतन्त्र दिएको बताएका छन् । त्यस्तै, विवाहित छोरी एकाघरको सदस्यमा नपर्ने समेत उनको दाबी छ ।

सर्वोत्तम सिमेन्टको सेयरमा इन्साइडर ट्रेडिङ नभएको र हालसम्म उक्त कम्पनी धितोपत्र बोर्डको नियमनको दायरामा नआएको समेत उनको दाबी छ । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरेर आईपीओ जारी गर्ने तयारी मात्रै गरेको तर बोर्डको नियमनमा नआएको समेत उनले दाबी गर्दै यसमा बोर्डको भूमिका नहुने बताए ।

बोर्ड अध्यक्ष ढुंगानाले धितो पत्र बोर्डले ४ वर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयन गरेको र प्रविधिको प्रयोग गरेकोले पूँजीबजार विस्तार भएको तथा सम्पूर्ण सूचक सकारात्मक बनेको बताए ।

प्रकाशित : ३१ श्रावण २०७८, आईतवार १४:४०