प्रभू बैंकको २ अर्ब १ करोड खूद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभू बैंकको २ अर्ब १ करोड खूद नाफा



काठमाडौं । प्रभू बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफामा आकर्षक वृद्धि भएको छ ।

सो अवधिसम्म बैंकले २ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा यो नाफा ६८.४५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब १९ करोड मात्र खूद नाफा आर्जन गरेको थियो ।

त्यसैगरी, बैंकको खुद व्याज आम्दानी ५ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासससम्म यस्तो आम्दानी ४ अर्ब ५२ करोड रुपैयाँमा सीमित सिमित थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने संचालन मुनाफा २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

हाल चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष पनि ३ अर्ब ८५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ५८ पैसा रहेको १७ रुपैयाँ ७३ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार १३:०३