शेयर कर्जामा सिलिङ तोकीयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर कर्जामा सिलिङ तोकीयो



काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर कर्जामा सिलिङ तोकेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ का लागि जारि गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर प्रकृतिको ऋण लिनका लागि एक जना व्यक्ति वा फर्मले एक वित्तिय संस्थाबाट चार करोड वा सम्पूर्ण वित्तिय संस्थाबाट १२ करोड नबढ्ने गरि ऋण्ण लिन पाउने व्यवस्था गरिएको जनाएका हुन् ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार १७:०५