पैसा ठिक पार्दै गर्नुस्, आउँदैछ यति धेरै रकमको आइपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

पैसा ठिक पार्दै गर्नुस्, आउँदैछ यति धेरै रकमको आइपीओ



काठमाडाै । विभिन्न क्षेत्रका ३ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आइपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

रिभर फल्स पावर लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार १५:०३