सानिमा लाईफ इन्स्योरेन्सकाे आइपिओ खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सानिमा लाईफ इन्स्योरेन्सकाे आइपिओ खुल्यो



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आज (बुधबार) देखि आइपीओ निष्काशन गरेको छ ।

कम्पनीको प्रति सेयर एक सय रुपैयाँका दरले ६० करोड रूपैयाँको ६० लाख कित्ता सेयर निष्काशन हुन लागेको हो । ६० लाखमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताको ५४ लाख कित्ता सेयर छुट्याईएको छ ।

लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् । लगानीकर्ताले सि(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङले ‘केयर एनपी बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था मध्यम खालको रहेको जनाएको छ ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार ०७:४१