काठमाडौं६ साउन। कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या हृवात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो ।
सेप्टेम्बरसम्म फर्किने अवैध कामदारलाई पुनः कोरिया जान पाउने छुट समेत दिइएको छ ।
यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ । आजको अन्नपूर्णमा समाचार छ ।
दक्षिण कोरियाले अर्वध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । अब कोरियामा गैरकानुनी रुपमा बसिरहेका नेपाली कामदार फर्किएर केह सियम नेपालमा बसेपछि फेरि त्यहाँ जान पाउनेछन् । नयाँ कामदारसरह परीक्षामा समालेल भई सबै प्रक्रिया पूरा गरेर जान पाउने बाटो खुला भएको हो ।
कोरियाले वैधानिक प्रक्रियाबाट फर्किएका कामदारलाई कम्प्युटरमा आधारित विशेष परीक्षा लिएर फास्ट ट्रयाक प्रक्रियाबाट पुन लिने गरेको छ ।
अवैध कामदारले यो फास्ट ट्रयाक विधि प्रयोग गर्न पाउने वा नपाउने भन्ने चाहिँ कोरियाले अहिलेसँा कुने औपचारिक जानकारी दिएको छैन ।
Comment