कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

उदयपुर। उदयपुरको कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । साे निर्णयलाई नगरसभामा पेश गरिने छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वडालाई छुट्टै गाउँपालिका बनाउने माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाइएपछि याे निर्णय भएको हाे ।

नगरपालिकामा रहेका १४ वटा वडामध्येबाट वडा नं. ९,१०,११,१३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका बनाउने प्रस्ताव नगर कार्यपालिकाको बैठकले समेत स्वीकृत गरेको छ ।

ज्ञापनपत्रमा कटारी नगरपालिकालाई विभाजनले पनि कुनै असर नपुग्ने भएकोले गाउँपालिका निर्माणको मापदण्डको आधारमा भूगोल,जनसंख्या र भौतिक पूर्वाधारहरु पनि पुग्ने भएकोले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत सो कुरा उल्लेख भएअनुसार गाउँपालिकाकाे माग गरिएको उल्लेख छ ।

नयाँ गाउँपालिका निर्माण गर्दा करिव १२५ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा करिब १८ हजार ५८६ जनसंख्यालाई सेवा सुविधाको सहजतामा पहुँच पुग्ने हुनुपर्छ ।

कटारी नगरपालिकाको माथिल्लो भेग अति दुर्गम,भौगोलिक रूपमा कठिन भएकोले छुट्टै गाउँपालिका बनाउन एेक्यवद्धता रहेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । जिल्ला समन्वय समिति,प्रदेश सरकार र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माणका लागि डेलिगेसन जाने प्रतिवद्धता समेत मेयर श्रेष्ठले जनाए।

गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बरबहादुर मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भीमकुमारी राउतलाई बुझाईएको थियो ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १७:१४ 25 June, 2021 5:14 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।