जीवन विकास लघुवित्तको आइपिओ बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

जीवन विकास लघुवित्तको आइपिओ बिक्री खुला



काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आज शुक्रबारदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो । 


कम्पनीको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरू र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । 

यो आइपिओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आइपिओ खरिदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले आइपिओ विक्री गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आइपिओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।  


यो आइपिओ विक्री प्रबन्धकमा ए न ए म बि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार ०७:५६