‘एनआईसी एशिया सेलेक्ट-३०’को बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

‘एनआईसी एशिया सेलेक्ट-३०’को बिक्री खुल्ला



काठमाडाैं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड)’ आज (असार १० गते, बिहिबार) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ।

योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो फण्डले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु आजबाट बिक्री खुल्ला भएको हो। जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ । यो सात वर्षे बन्दमुखी योजना हो।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। उक्त इकाईहरुको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ ।

प्रकाशित : १० असार २०७८, बिहीबार १०:५६