सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको सेयर सुचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको शेयर सुचिकृत भएको हो ।

आज सारथी नेपाल लघुवित्तको ४ हजार १ सय ९९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । यो लिलाम गरिएको पुरानो शेयर भएको कम्पनीले जनाएको छ ।

आज नै नेपाल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ८ प्रतिशतले हुन् आउने ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : ८ असार २०७८, मंगलवार १६:०१