बैंक तथा वित्तीय संस्था,सहकारी र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने, यी कार्य गरे कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्था,सहकारी र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने, यी कार्य गरे कारबाही



काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकले हाल जारी रहेको निषेधाज्ञालाई खुकुलो बनाई अब असार १४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अब निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कमपनी र सहकारी संस्थाहरु भने पूर्ण रुपमा खोल्न पाइने भएको छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । अब भने भिडभाड नगरेर सेवा दिन पाइने भएको हो । भिडभाड नगरेर सबै शाखा र पूर्ण जनशक्तिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु खोल्न पाइने बताए । उनका अनुसार भिडभाड गरे कारवाही हुनेछ ।

प्रकाशित : ६ असार २०७८, आईतवार १८:२६