चन्द्रागिरि साकोसले ऋणको ब्याजमा १५ प्रतिशतसम्म छुट दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरि साकोसले ऋणको ब्याजमा १५ प्रतिशतसम्म छुट दिने



चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिले कोभिड–१९ का कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरेको छ ।संस्थाले सूचना जारी गरी ऋणी सदस्यहरुका लागि विभिन्न छुटको व्यवस्था भएको जनाएको हो । सदस्यहरुले ऋणको ब्याजमा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।


असार १ देखि १५ प्रतिशत छुट कायम गरी क्रमश छुटको दर घट्दै २५ गते ५ प्रतिशत कायम हुने संस्थाले जनाएको छ ।
यस्तै सदस्यको उद्योग व्यवसाय तथा परियोजनामा पर्न गएको असरलाई मध्यनजर गर्दै संस्थाले २०७८ असार २५ गते भित्र ऋणी सदस्यहरुले ऋण भुक्तानी गरेमा निषेधाज्ञा अवधिभरको हर्जनामा पुरै छुट र भुक्तानी हुने ब्याज रकममा पनि ५ देखि १५ प्रतिशत सम्म छुट संस्थाले दिने भएको छ ।

प्रकाशित : १ असार २०७८, मंगलवार ११:३१