जोशीको निधनले लोकतान्त्रिक सहकारीकर्मी र देशको लागि अपूरणीय क्षतिः नेशनल को-अपरटर्स एलाईन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जोशीको निधनले लोकतान्त्रिक सहकारीकर्मी र देशको लागि अपूरणीय क्षतिः नेशनल को-अपरटर्स एलाईन्स



काठमाडाै । नेशनल को-अपरेटर्स एलाईन्स नेपालले सहकारी अभियानका अग्रज तथा राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष राजेशहरि जोशीको निधनले लोकतान्त्रिक सहकारीकर्मी र देशको लागि अपूरणीय क्षति हुन गएको भन्दै दुःख व्यक्त गरेको छ ।

सोमबार एलाईन्सका महासचिव चन्द्र प्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै -पदिय जिम्मेवारीमा रहदा वा नरहदा पनि उतिकै कर्तव्यनिष्ठ भई सहकारी अभियानको विकास र विस्तारका लागि जोशीले निर्वाह गर्नुभएको भूमिका सम्पुर्ण सहकारीकर्मीका लागि प्रेरणादायी रहने उल्ल्ेख गरेका छन् । जोशी नेशनल को-अपरटर्स एलाइन्सका सहअध्यक्ष समेत थिए ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १७:५२