काठमाडाैं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ का कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरेको छ ।
संस्थाले सूचना जारी गरी ऋणी सदस्यहरुका लागि विभिन्न छुटको व्यवस्था भएको जनाएको हो । सदस्यहरुले ऋणको ब्याजमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । तिर्न बाँकी ब्याज आगामी असार १० गते भित्र बुझाएमा २०७८ बैशाख २३ गते पछिको ब्याजमा १५ प्रतिशत ब्याज दिने संस्थाले जनाएको छ ।
त्यसैगरी तिर्नबाँकी ब्याज २०७८ असार २० गतेसम्म बुझाएमा बैशाख २३ गतेपछिको ब्याजमा १२ प्रतिशत छुट र असार मसान्त भित्र बुझाएमा लकडाउन अवधिभरको ब्याजमा १० प्रतिशत छुट संस्थाले दिने भएको छ । संस्थाले यस अवधिभरका लागि हर्जानामा शत्प्ररतिशत छुट दिने भएको छ ।
त्यसैगरी संस्थाले असार महिनाभरका लागि मासिक बचत, दैनिक र बाल बचतमा दिँदै आएको ब्याजमा १ प्रतिशत थप गर्ने भएको छ ।
Comment