दोहोरो अंकले घट्यो सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब ६८ विन्दुमा थामिएको छ ।

आज शेयर बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कालिका पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलवार १५:३२