सेयर बजारका लगानीकर्तालाई फरक फरक लाभकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सेयर बजारका लगानीकर्तालाई फरक फरक लाभकर



काठमाडाैं । सेयर बजारका लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी विभाजन गरेर फरकफरक लाभकर निर्धारण गरिएको छ । आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको हो ।

बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।

बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार २१:५१