भूमिहीनलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भूमिहीनलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा



काठमाडाैं । सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए । त्यसका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:४०