राष्ट्रपतिद्धारा तीनवटा अध्यादेश जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रपतिद्धारा तीनवटा अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विभिन्न तीनवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयमा सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार शनिबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेशहरू जारी गरेको हो ।

राष्ट्रपतिबाट आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएको हो । शनिबार बिहान बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित गरेको छ। बैठकले वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १५:५२