बैंक तथा वित्तीय संस्थालाई सेयरमा अल्पकालीन लगानी गर्न कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

बैंक तथा वित्तीय संस्थालाई सेयरमा अल्पकालीन लगानी गर्न कडाई



काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो ।

सर्कुलरमा भनिएको छ- ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

यस्तै, बैंकहरुले गरेको लगानी बिक्रीमा पनि नयाँ व्यवस्था गरिएको छ । अब खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने व्यवस्था ल्याइएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई दास्रो बजारमा लगानी गर्न कडाइ गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ठूला सेयर खेलाडीहरुले बजारमा चलखेल बढाएका कारण पनि केन्द्रिय बैंकले कडा गरेको हो ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १६:३६