निर्मल प्रधानलाई बोर्डको घुमाउरो चेतावनी, सेयर किनबेचमा उक्साउनेलाई कारबाही हुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

निर्मल प्रधानलाई बोर्डको घुमाउरो चेतावनी, सेयर किनबेचमा उक्साउनेलाई कारबाही हुन्छ



काठमाडाैं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सूचीकृत संगठित संस्थाको सेयर किन्न वा बेच्नका लागि नउकास्न सम्वद्ध पक्षलाई आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न व्यक्ति र समूहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा यो कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै सेयर किन्न वा बेच्न उत्साहित गराएको विषयमा ध्यानाकर्षण गर्दै बोर्डले उक्त आग्रह गरेको हो ।


लगानीकर्ता निर्मल प्रधानले शेयर नै तोकेर खरिद गर्न सार्वजनिक रुप मै आग्रह गरेपछि बोर्डले घुमाउरो हिसाबले चेतावनी दिदै शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न नगराउन आग्रह गरेको छ ।

धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न नगराउन सबैलाई सूचित गरी सूचना प्रकाशन गरेको हो ।

यदि, कसैले बोर्डको सूचनाको अवज्ञा गरी अब उपरान्त बोर्डको स्वीकृति बीना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने बोर्डले जनाएको छ । बोर्डले कसैको उक्साहटमा नलागी सुझबुझ ढंगले लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार २०:१८