पञ्चशील सहकारीले सदस्यको कोरोनाको उपचारमा २५ हजार सहयोग गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पञ्चशील सहकारीले सदस्यको कोरोनाको उपचारमा २५ हजार सहयोग गर्ने



काठमाडाैं । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई कारोना उपचार खर्चकालागि सहयोग गर्ने भएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सदस्यलाई कोरोना उपचार गर्नुपर्ने अवस्थामा २५ हजार सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिए ।

उपचार गर्दा लागेको खर्चको बिल भर्पाइ बुझाएर सहयोग लिन सकिने संस्थाले जनाएको छ । साथै कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका कमजोर आर्थिक अवस्था भएका सदस्यहरुकोलागि औषधी उपचार, खाद्यान्न तथा आवश्यक स्वास्थ्य सहयोग पनि गर्ने निर्णय भएको अध्यक्ष खतिवडाले बताए ।

संस्थाले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । वैशाख २६ गते आइतबारदेखि संस्थाको सम्पूर्ण कारोबार नयाँ भवनबाट संचालन भएको हो । संस्थाको आफ्नै भवनमा रहेको एटीएम बुथबाट पनि सदस्यले सेवा लिन सकिने जनाइएको छ ।

संस्थाले रेमिट्यान्स, पञ्चशील स्मार्ट बैंकिङ्ग, एसएमएस बैकिङ्ग तथा बैंक ट्रान्सफर लगायतका सेवा दिने अध्यक्ष खतिवडाले बताए । पञ्चशीलको क्यूआर कोडमार्फत थप सेवाको समेत आरम्भ गरेको उनले जनाए ।

हाल संस्थामा ३ हजार सदस्य रहेका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार १६:३६