काठमाडौं। पछिल्लो समय वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग बढेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसंगै अहिले प्रविधिको प्रयोगमा जोड दिन थालेका छन् । इन्फोडेभलर्पसले स्पट बैंकिङ्ग सेवा पनि सार्वजनिक गरेको छ ।
सहकारीका सदस्यहरुले एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत यो सेवा प्रयोग गरि सजिलै खातामा रकम जम्मा गर्न र निकाल्न सक्ने छन् । सहकारी तथा लघुवित्त संस्थाहरु मोबाइल बैंकिङ प्लाटफर्म एमडबली मार्फत् भुक्तानी सेवा प्रदायकसँग जोडिएका छन्।
इसेवा, खल्ती, आइएमइ पे, प्रभु पे जस्ता भुक्तानी सेवा प्रदायकको सेवा अब सहकारी तथा लघुवित्तका सेवाग्राहीहरुले पनि उपभोग गर्न पाउने भएका छन्।
विगत १९ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको इन्फो डेभलपर्सले नै सहकारी तथा लघुवित्त संस्थाहरुलाई आवश्यक मोबाइल बैंकिङ एपमार्फत् वालेटसँग जोडेको छ। इन्फो डेभलपर्सले यी संस्थाहरुलाई कोर बैंकिङ प्रणाली, एटीएम, इन्टरनेट बैंकिङलगायत अन्य सेवाहरु प्रदान गरिरहेको जनाएको छ।
हाल इन्फो डेभलपर्समा एक हजारभन्दा बढी सहकारी तथा लघुवित्त संस्थाहरु आवद्ध रहेको बताइएको छ। इन्फो डेभलर्पसले विकास गरेको ‘एमडबली मोबाइल बैंकिङ’ प्लाटफर्ममार्फत् आहिले सहकारी तथा लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्युआर भुक्तानी (फोन पे) गर्न, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न आदि कार्य पनि घरबाटै गर्न सक्छन ।
विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फोडेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ्ग सिस्टमका साथै अन्य विभिन्न सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
Comment