काठमाडाैँ । विकास बैङ्क एसोसिएसन नेपालले कोरोना भाइरसले उब्जाएको यस विषम परिस्थितिले आफू सुरक्षित हुँदैँ र ग्राहकहरुलाई पनि सुरक्षित गराउँदै बैङ्किङ सेवा प्रदान गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाहरूलाई चुनौंती थपिएको जनाएको छ ।
साथै एसोसिएसनले कोरोना भाइरसबाट जोगिन स्वनियन्त्रित उपायहरूका साथै थप व्यवस्था मिलाउन आफ्ना सदस्य बैङ्कहरूलाई अनुरोध गरेको छ ।
एसोसिएसनले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव नभएसम्मका अझ थप उपायहरू अवलम्बन प्रधान कार्यालयका कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फर्म होम को माध्यमबाट कार्य गर्ने गराउन भनेको छ ।
यस्तै सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरूले सम्पर्क व्यक्तिहरू मार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैङ्कले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने व्यवस्था मिलाउन भनेको छ ।
साथै सम्भव भएसम्म डिजिटल बैङ्किङ प्रडक्टहरुबाट बैङ्किङ कारोबार गर्न आ—ग्राहकहरूलाई उपलब्ध र सम्भव नभएसम्मका सञ्चार माध्यमबाट अनुरोध गर्ने, आ—आफ्ना ग्राहकहरूलाई परिस्थिति केही सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैङ्कमा नआउन अनुरोध गर्न निर्देशन दिएको छ ।
यस्तै नेपाल राष्ट्र बैङ्क, सम्बन्धित जिल्ला प्रशासन /नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्न भनेको छ ।






Comment