काठमाडाै । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आज (बैशाख २४) बाट स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ ।
सदस्यहरु बीचमा वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल नेचुरल साकोस सहकारीहरुको भीडमा आफुलाई भिन्न पहिचान बनाउन सफल भएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई सहज, सरल, छिटो वित्तीय सेवा प्रवाह गर्न संस्था हरदम तयार रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक जानकारी दिए।
‘सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्तिमा संस्था हरदम क्रियाशिल छ’, पाठकले भने । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि नेचुरल साकोसका मूलभुत पक्ष रहेको पाठकको भनाई छ ।
सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तीय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधिमार्फत् संस्थाको समग्र कारोबार वृद्धि गर्दै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन नेचुरल टिम लागिरहेको उनको भनाई छ ।
विगतका केही वर्षदेखि प्रविधिमार्फत हुने कारोबारलाई संस्थाले जोड दिँदै आएको । नेचुरल साकोसको मोबाईल बैंकिङबाट मोबाईल रिचार्जदेखि बैंक रकम ट्रान्फरसम्मको सेवा सदस्यको रोजाईमा परेको छ । करिब ३ हजार सदस्यले मोबाईल बैंकिङ सेवा सुचारु गरेको पाठक बताउनुहुन्छ । यो सेवा नलिएका सदस्यले घरबाटै सेवा सुचारु गर्न सकिने पाठकको भनाई छ ।
Comment