उदयपुर । उदयपुरमा बढ्दो कोभिड १९ (कोरोना भाइरस) काे संक्रमण रोक्न लागि निषेधाज्ञा जारी हुने भएको छ ।
विहीबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।
जुन बैशाख २४ गते शुक्रबार रातीदेखि लागु हुने र ३१ गते बैशाख शुक्रबारसम्म निषेधाज्ञा जारी हुने डिसिसिएमसीको बैठककाे निर्णयमा उल्लेख छ । वैशाख २४ गते राती १२ बजेदेखि वैशाख ३१ मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘कोरोनाको संक्रमण उदयपुर जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ। त्
यसकारण वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि वैशाख ३१ गते मध्य राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेका छौं । बिना काम बाहिर लखर लखर डुल्नेलाई संक्रामक ऐन अनुसार कडा कारबाही तथा मुद्दा चलाउँछौं। ‘
Comment