कोरोना भाइरसले एकातर्फ मानवीय क्षति भइरहेको छ भने अर्कोतिर अर्थतन्त्र धराशायी बनाइरहेको छ । अर्थतन्त्रको मुल खम्बा मध्ये एक सबल खम्बाको रुपमा लिइएको सहकारी क्षेत्र समेत यसबाट अछुतो बन्न सकेको छैन । कोरोनाले नेपालको सहकारी क्षेत्रमा मिश्रित प्रभाव पारेको छ । अहिलेको समयमा सहकारीलाई आफ्ना सदस्यलाई कसरी सेवा दिने भन्ने प्रमुख चुनाैँती रहेको छ । सहकारीले सदस्यलाई यो अवस्थमा कसरी सेवा दिएका छन् भन्ने बिषयमा सरोकारवालाहरूसंग अर्थबजारडटकमले लिइएको विचार :
सदस्यलाई प्रविधिको प्रयोग अनिवार्य गरेका छाैँ
हामीले कार्यलय नियमित खोलेका छाैँ । सिमित कर्मचारी राखेर सदस्यलाई सेवा दिदै आएका छाैँ । निशेधाज्ञाका समयमा प्रविधिको प्रयोग बढेको।
हामीले सदस्यलाई प्रविधिको प्रयोग अनिवार्य गरेका छाैँ । यसले हामीलाई काम गर्न धेरै सहज बनाएको छ ।
संस्थाले प्रवाह गरेको एटिएम कार्डबाट सबै बैङ्कको एटिएमबाट पैसा झिक्न सकिने तथा मोबाइल तथा इन्टरनेट बैङ्किङ सेवा मार्फत फन्ड ट्रान्सफर लगायतको सेवा लिन सक्ने छन् । अन्य सहकारीको तुलनामा हाम्रोमा प्रविधिको प्रयोग गर्ने सदस्यहरु धेरै नै छन् ।
यस हिसाबले हाल सम्म कार्यलयमा आएर सेवा लिने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा लिने सदस्यभएकाले समस्या छैन । सदस्यलाई पर्ने अन्य समस्यामा हामी सेवा गर्न तयारी अवस्थामा नै छाैँ ।
फोन मार्फत सम्पर्कमा आउनेलाई सेवा दिएका छौँ
निषेधज्ञाको दुइ दिन पुर्णकालिन रुपामा कार्यालय खोलेका थियौँ । अब बिहान साढे नौ देखि दुई बजे सम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेका छौँ । सेवा केन्द्रमा एक जना कर्मचारीबाट काउन्टर खोलेर बिहान साढे सात देखि साढे ११ बजे सम्म राखेका छौँ ।
संस्थामा आएर लाइन लागेर भन्दा पनि फोन मार्फत सम्पर्कमा आउनेलाई सेवा दिएका छौँ । हामीले सकभर संस्थामा भिडभाड नगर्ने र सदस्यको घरमा नै सेवा दिने नीति लिएका थियौँ । तर भिडभाड नहुने रहेछ । १२ हजार सदस्य रहेको संस्थामा खासै भिड छैन । अहिले पैसा माग्ने मात्रै छन् , डिपोजिट हुँदैन । यो बिचमा खासै ठुलो पैसा गएको छैन ।
केही कर्मचारी कटौती गरेर पाँच घण्टा जति कार्यालय खोलेका छौँ । आज सम्म संस्थाको परिचय पत्रका आधारमा आवतजावत हुन दिइरहेको छ । संस्थाको परिचय पत्र देखाएको आधारमा कर्मचारीलाई हिँड्न दियो भोलिका दिनमा भने सदस्यलाई सेवा दिन समस्या छैन ।
सबैको मोबाइल बैंकिङ्ग नहुँदो रहेछ । सहकारीमा रहेका सदस्यले सबैले प्रयोग गर्छन् भन्ने पनि छैन । हामीले गरेको सामान्य अध्यायानमा २० प्रतिशतले पनि प्रविधिको सेवा उपयोग गरेका छैनन् । जो प्रविधिमा अभ्यस्त छैनन् ,उनीहरूलाई यो वेला सर्भिस दिन समस्या छ । तर बिस्तारै यसमा चासो लिनेको सङ्ख्या बढ्दै गएको छ ।
प्रविधिमा सदस्यलाई अभ्यस्त बनाउँदै छौँ
हामीले यो समय एक तिहाइ कर्मचारी राखेर भौतिक रूपमा नै सेवा दिएका छौँ । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर सर्भिस दिएका छौँ । दोस्रो पक्ष भनेको हामीले अहिलेको समयमा कोभिडपछि सहकारीले सदस्यलाई प्रविधिमा जोड्ने काम बढाउँदै लगेका छौँ ।
नेचुरलले क्युआर कोड, एटिएम, मोबाइल बैङ्किङ , ई पेमेन्ट, पण्ढ ट्रान्सफर सेवा दिइरहेको छौँ । सदस्यहरूले एटिएमबाट पैसा निकालेर दैनिक कारोबार गरिरहेका छन् ।
प्रविधि प्रयोगका कारण पहिला जस्तो ५/१० हजार रकम पनि पाइएन भन्ने गुनासो हटेको हटेको छ ।
प्रविधि प्रयोगमा बढवा दिएसँगै नेचुरलले १० बजेदेखि १ बजेसम्म कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ । सदस्यहरूले एटिएमबाट पैसा निकालेर दैनिक कारोबार गरिरहेका छन् ।
प्रविधि प्रयोगमा बढवा दिएसँगै नेचुरलले १० बजेदेखि १ बजेसम्म कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ ।
सके सम्म प्रविधिको प्रयोगमा लाग्न भनेका छौँ
अहिले मापदण्ड अपनाएर सीमित कर्मचारी राखेर नियमित रूपमा कार्यालय सञ्चालन गरेका छौँ । आवश्यक पर्ने सदस्यले सम्पर्क राखेर कार्यालयमा आएर सेवा लिनु भएको छ ।
हामीले बजारमा प्रतिनिधि पठाउने कार्यलाई रोकेका छौँ । हाम्रा सदस्यहरूलाई सकभर कार्यालयमा नआउन र संस्थाले उपलब्ध गराएका प्रविधिका सेवाहरू प्रयोग गर्न जोड दिएका छौँ ।
सदस्यका सेवामा समर्पित भएको संस्था भएकाले पनि सदस्यलाई परेको बेलामा सहयोग गर्नुपर्ने हाम्रो दायित्व हो यसैलाई मनन गर्दै कर्मचारीलाई समेत परिचालन गरेका छौँ ।
अहिले खुसीको कुरा के छ भने यो महामारीमा सदस्यहरूले हामीले ल्याएको प्रविधिको प्रयोग नहोला कि भन्ने डर थियो । तर त्यो डर कम हुँदै गएको छ ।
हामीले केही समय अघि सञ्चालनमा ल्याएको एटिएम सेवामा सदस्यले चासो राख्ने र यसको प्रयोग गर्ने बढेका छन् ।
समय तोकेर सेवा केन्द्र खोल्ने निर्णयमा पुग्यौँ
केन्द्रीय कार्यालय न्यूरोडमा रहेका केही कर्मचारी साथीहरूमा कोरोना पोजेटिभ देखिएकाले सेवा बन्द गरेका छौँ । तर हाम्रा सेवा केन्द्र मार्फत सदस्यहरूलाई दिइने सेवालाई समय तोकेर कार्यालय खोल्ने निर्णयमा पुगेका छौँ । हामीले स्मार्ट एप (मोबाइल बैङ्किङ) सेवा सञ्चालन गरेको छाई । यसबाट खास गरी कोभिडका बेला धेरै सदस्यले सेवा लिएका छन् ।
हामीले सेवा केन्द्र मैतीदेवी र काँडा घारीबाट सीमित समय कार्यालय खोली सेवा दिइरहे पनि पछिल्लो समयमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । ‘सकभर प्रविधिको प्रयोग गर्न भनेका छौँ, सम्भव नभए घरदैलो सेवा पनि सुरु गर्ने छौँ ।
सदस्यलाई सेवा दिन हामी हाइअलअर्टमा छौँ
अघिल्लो समयमा भएको लकडाउनको जस्तो समस्या अहिले खासै परेको छैन । बन्द हुने हल्ला चलेकै बेला सहकारीमा आएर पैसा फिर्ता लिएर जाने सदस्यहरू निकै देखिएका थिए ।
त्यही कारणले पनि हामीलाई तरलताको समस्या आउला कि ? भन्ने थियो तर अहिले सम्म त्यो समस्या देखिएको छैन । बाैद्ध र काडाघारीको सेवा केन्द्र नियमित खोलेका छाै । न्यूरोडको प्रधान कार्यालय अवश्यकता अनुसार खोलेका छाैँ ।
आवश्यक परेको अवस्थामा सदस्यले हामीलाई फोन मार्फत जानकारी गराउन सक्नु हुन्छ । सदस्यलाई सेवा दिन हामी हाइअलअर्टमा छौँ ।
Comment