पैसाको जोहो गर्नुस् , यी चार कम्पनीले ल्याउदै छन आइपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पैसाको जोहो गर्नुस् , यी चार कम्पनीले ल्याउदै छन आइपीओ



काठमाडाै । नेपाली शेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । यहि बेला थप ४ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेका छन् ।

ती कम्पनीहरुले आईपीओ निष्कासनको अनुमतिका लागि कम्पनी नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे छ ।

संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बाेर्डबाट अनुमति पाइसकेकाे छ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वैशाख २१ गतेदेखि प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्दैछ । उक्त सेयर बाँडफाँड भएपश्चात् दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

प्रकाशित : 30 April, 2021 7:40 pm