पूर्व महारानी कोमल शाहलाई आइसियूमा सारियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पूर्व महारानी कोमल शाहलाई आइसियूमा सारियो



काठमाडौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।


उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।


अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ ।


पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

प्रकाशित : १६ बैशाख २०७८, बिहीबार १०:४१