काठमाडाै । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसी बैठकले हाल सञ्चालन भैरहेका र निकट अब हुने सबै खाले परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरी जिल्ला र २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लाहरुमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । त्यस्तो निषेधाज्ञा जारी गर्ने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ ।






Comment