पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना



काठमाडौ । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।


उहाँहरु आज(शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।


उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७८, शनिबार २१:१३