सिजेएनद्वारा बधाई तथा शुभकामना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

सिजेएनद्वारा बधाई तथा शुभकामना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ ।


समाजको बुधबार बसेको बैठकले संस्थाका उपाध्यक्ष काजी श्रेष्ठलाई नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिको सदस्यमा र कोषाध्यक्ष शर्मिला ठकुरीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद्मा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना प्रदान गरेको हो ।

समाजका अध्यक्ष खिलानाथ दाहालले निर्वाचित श्रेष्ठ र ठकुरीलाई खादा र टिका लगाएर बधाइ तथा शुभकामना प्रदान गरे ।


यसैबीच बैठकले आउँदो १७ गते बजेटमा सहकारी विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ८ बैशाख २०७८, बुधबार १३:२३ 21 April, 2021 1:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।