आफ्ना सदस्य संस्थाको सुदृढिकरण गर्न नसक्ने संघ चलाउनुको अर्थ छैनः के.बी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आफ्ना सदस्य संस्थाको सुदृढिकरण गर्न नसक्ने संघ चलाउनुको अर्थ छैनः के.बी उप्रेती



काठमाडाै । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्‍चालक के.बी उप्रेतीले आफ्ना सदस्य संघसंस्थाको सुदृढिकरण गर्न नसक्ने संघहरू चलाउनुको कुनै अर्थ नरहेको बताए ।

बाग्‍मती प्रदेश सहकारी संघको कार्यक्रममा बोल्दै उप्रेतीले अभियानलाई सुदृढ गर्न प्रत्येक संघले आफैँबाट सुरुवात गर्नुपर्ने र प्रदेश संघ भर्खरै गठन भएकोले अहिलेसम्म केन्द्रिय संघहरू, महासंघ र राज्यका निकायले समेत प्रदेश संघलाई नीतिगत तथा अभियानका अन्य कार्यक्रमहरूमा समेत समावेश नगराइएको देखीएको हुँदा संघ आफैँले सक्रियता देखाएर आफ्नो जिम्मेवारी बहन गर्न सुझाव दिए ।

राष्ट्रिय सहकारी महासंघका सञ्‍चालक डि.बी बस्‍नेतले संघ सक्षम नभएसम्म राष्ट्रिय सहकारी महासंघले यस संघलाई कार्यालय व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने धारणा राखे ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी ऐन संशोधनका विषयमा महासंघले अग्रसरता नलिनु गम्भिर र अभियानलाई कमजोर बनाउने विषय भएको बताउदै ऐन कार्यान्वयनमा जान नसक्नु दुखद कुरा रहेको भन्दै यसले सहकारी क्षेत्रमा विकृति बढाउने धारणा राखे ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार ०७:५३