विकृति हटाउन र सहकारीलाई उत्पादन र व्यवसायमा जोड्न संघहरूले अग्रसरता लिनुपर्छः कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विकृति हटाउन र सहकारीलाई उत्पादन र व्यवसायमा जोड्न संघहरूले अग्रसरता लिनुपर्छः कँडेल



काठमाडाै । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बाग्‍मतीको सहकारी अभियानलाई कसरी माथि उठाउने भन्ने कुरामा केन्द्रित रहि प्रदेश संघले काम गर्नुपर्ने धारणा राखेका छन् ।

बाग्‍मती प्रदेश सहकारी संघले आयोजना गरेको रणनैतिक योजना निर्माण तथा प्रवर्धन कार्यक्रम बोल्दै उनले सहकारीका विकृति हटाउन र सहकारीलाई उत्पादन र व्यवसायमा जोड्न संघहरूले अग्रसरता लिनुपर्ने बताए ।

जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले बाग्‍मती प्रदेशमा अधिकांश संघ निश्क्रिय अवस्थामा रहेकोले ती संघलाई सक्रिय बनाउँदै अभियानको सुदृढिकरणमा बाग्‍मती प्रदेश संघले अग्रसरता लिनुपर्ने धारणा राखे ।

नेफ्स्कूनमा सञ्‍चालक एवम् बाग्‍मती प्रदेश संयोजक जीवश खड्काले प्रदेश संघले आफू मातहतका संघसंस्थालाई प्रवर्धन गर्ने र माथिल्ला संघहरूसँग समन्वय गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रशिक्षक एवम् नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेलले संघसंस्थामा योजना र बजेटभित्र रहेर संस्थाका कार्यक्रम र गतिविधिलाई अगाडि बढाउनुपर्ने धारणा राख्‍दै यस संघले सहकारी अभियानको सुदृढिकरणका लागि पृथक किसिमका कार्यक्रमहरु रणनीतिमा गर्नुका साथै यसलाई ठोस रूपमा कार्यान्वयनमा लग्ने तर्फ ध्यान दिन सुझाव दिए ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले छोटो समयमा पनि महत्वपूर्ण रणनीति तय गर्दै यसको कार्यान्वयमा जाने प्रदिवद्धता व्यक्त गर्दै रणनीतिक योजनालाई कार्यान्वयन गर्ने कुरामा महासंघ, बैंक र केन्द्रीय संघहरूको समन्वयात्मक र सहयोगी भूमीका अपेक्षा गरेको कुरा समेत बताउनुभएको थियो ।

रणनैतिक योजना निर्माण कार्यक्रमको उद्घाटन शत्रमा संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समापन कार्यक्रममा सहभागीहरूका तर्फबाट संघका लेखा सुपरीवेक्षण समितिका संयोजक नेत्रराज पोडेलले आफ्‍ना अनुभव व्यक्त गर्नुभएको थियो ।

त्‍यसैगरी उद्घाटन र समापन सत्रको उद्घोषण संघका महासचिव भिमप्रसाद दाहालले गर्नुभएको थियो भने कार्यक्रमका लागि राष्ट्रिय सहकारी महासंघ र भूमीव्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयले सहयोग पुर्याएको थियो ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार ०७:४८