जनरल इन्स्योरेन्सको साधारण सभा वैशाख २६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनरल इन्स्योरेन्सको साधारण सभा वैशाख २६ गते



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले वैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय, हात्तिसार , काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सर्वसाधारण शेयरधनीहरुलाई आईपीओ जारी गरेपछि पहिलो पटक कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो ।

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म आईपीओ विक्री गरी असोज २० गते बाँडफाँट गरेको थियो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ ।

सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिला सहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गराउँनेछ ।

कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : 9 April, 2021 11:29 am