काठमाडौं । राष्ट्रिय सहकारी दिवसको अवसरमा आउँदो चैत्र २८ गते ‘कोभिड कप २०२१’ आयोजना हुने भएको छ ।
काठमाडौं जिल्ला सहकारी संघ र मिडिया हेराल्ड प्रालिको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ मूल नाराका साथ कोभिड कप गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले दिवसको अवसरमा कप आयोजना गर्न लागिएकोमा खुसी व्यक्त गरे ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट धराशायी बन्दै गएको नेपालको खेल र मनोरञ्जन लगायत विविध क्षेत्रलाई केही हदसम्म माथि उठाउनका साथै समाजमा सहकारीप्रतिको चासो र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
कोभिड १९ ले थला पारेको नेपालको खेलकुद, पेशा, व्यवसाय मनोरञ्जनात्मक क्षेत्रका साथै सम्पूर्ण नेपालीको मनोबल माथि उठाउन कप आयोजना गरिएको आयोजकले जनाएका छन्।
नेपालीहरुमा लोकप्रिय मानिएको फुटवल खेललाई यस प्रतियोगिताले थप क्रेज थप्ने विश्वास लिएका छौं’ उनले भने ।
प्रतियोगितामा सहकारी, निजी र सरकारी पक्षका बीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै कला, साहित्य, शिक्षा र खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने छ ।
चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, नेपाल क्रिकेट संघ, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान, सहकारी अभियान, लायन्स क्लव, राष्ट्रिय निजी तथा आवासीय विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगिता चैत्र २८ गते दिउँसो १२ बजेदेखि ७ बजेसम्म आयोजना हुने छ । प्रतियोगिताका अवसरमा हास्य कलाकारहरुबाट विविध मनोरञ्जनका कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
Comment